मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री निगमसँग असन्तुष्ट



काठमाडौं  । नेपाल आयल निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

आइतबार बिहान नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले थाहै नदिई किन मूल्य बढाएको भन्दै झपारेको  स्रोतले बताएका छन् ।

जवाफमा थानीले स्वचालित मूल्यप्रणाली लागू गरेको भन्द त्यहीअनुसार मूल्यवृद्धि गरिएको जवाफ दिएका थिए । प्रधानमन्त्री चाडबाडका मुखमा यसरी एकपक्षीय रुपमा मूल्य बढाउनु राम्रो नभएको जवाफ दिएका थिए

प्रतिक्रिया दिनुहोस्