
काठमाडौँ । नेपाली काँग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । मङ्गलवार बिहान धुम्बाराहीमा बसेको नेपाली काँग्रेसको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।
यसअघि काँग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुई पटक गठबन्धनको सरकार बनेको थियो । पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।
दोस्रो पटक विश्वासको मत लिँदा प्रदेश सभाध्यक्षले दिएको विश्वासको मत सर्वोच्चले असंवैधानिक भनेको थियो । त्यसपछि संविधानको उपधारा ३ अनुसार एमालेका हिक्मत कार्कीले असोज २० मा राजीनामा दिएपछि कोशीमा नयाँ सरकारको खोजी भइरहेको छ ।