अफगानिस्तानद्धारा च्याम्पियन इंग्ल्याण्ड पराजित 



काठमाडौँ । विश्व च्याम्पियन इंग्ल्याण्ड अफगानिस्तानसँग पराजित भएको छ । दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा अफगानिस्तानले २०२३को विश्व च्याम्पियन इंग्ल्याण्डलाई ६९ रनले पराजित गरेको हो । यो विश्वकपमा अफगानिस्तानको पहिलो जित हो । पहिले ब्याटिङ गरेको अफगानिस्तान ४९.५ ओभरमा २८४ रनमा अलआउट भयो । जवाफमा इंग्ल्यान्डले ४०.३ ओभरमा २१५ रन मात्रै बनाउन सकेको थियो ।

अफगानिस्तानको जितका नायक ओपनर गुरबाज र स्पिनर मुजिब उर रहमान बने । गुरबाजले ५७ बलमा ८० रनको इनिङ खेले । मुजिबले १६ बलमा २८ रन बनाए । उनले बलमा पनि आफ्नो प्रतिभा देखाए । मुजिबले १० ओभरमा ५१ रन दिएर ३ विकेट लिए । स्टार ब्याट्सम्यानले सजिएको इंग्ल्याण्डको ब्याटिङ अर्डर यो खेलमा पूर्ण रुपमा फ्लप रह्यो ।

ह्यारी ब्रुक बाहेक अरु कुनै ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । ब्रुकले ६१ बलमा ६६ रनको इनिङ खेले । उनी ३५ औं ओभरमा आउट भए । जबसम्म उनी क्रिजमा थिए, इंग्ल्याण्डको आशा जीवित थियो। उनलाई मुजिबले प्याभिलियन पठाए । अफगानिस्तानका लागि मुजिबले ३, मोहम्मद नाबीले २ र राशिद खानले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा २८४ रन बनाएको थियो । ओपनर रहमानउल्लाह गुरबाजले ५७ बलमा ८० रनको इनिङ खेले । अफगानिस्तानको टोली एक बल बाँकी रहँदै आउट भएको थियो । गुरबाजका अलावा इक्राम अलीखिलले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ५८ रन बनाए भने तल्लो क्रमका अनुभवी मुजिबुर रहमानले १६ बलमा २८ रनको आक्रामक पारी खेले ।

सुरुका दुई खेलमा हार बेहोरेको अफगानिस्तानको टोलीले पहिले ब्याटिङमा पठाउँदा बलियो सुरुवात गरेको थियो । पहिलो दुई खेलमा असफल भएका गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटको साझेदारीमा ११४ रन जोडे। अफगानिस्तानले ३९ बलमा ५० रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्