
काठमाडौँ । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गरी गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । गैर हाजिर हुनेमा प्रहरी जवानदेखि हवल्लार तथा सहायक निरीक्षकसम्म २२ जना रहेका छन् ।