
काठमाडौँ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड (DLBS) ले लाभांश घोषणा गरेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ)रहेको छ।
कात्तिक २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।