धनुषामा हतियार देखाएर लुटपाट 



लुटपाट 

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा गए राति एक घरमा हतियार देखाएर डकैती भएको छ । स्थानीय रामकेवल महतोको घरमा डाँका समूहले राति करिब १२ बजेको समयमा घर पछाडिको बाटो प्रवेश गरी लुटपाट र डकैती गरेका हुन् ।

पाँच जनाको समूहमा हातहतियार सहित घरमा प्रवेश गरेको डाँकाले आफूमाथि पेस्तोल तेर्स्याउँदै नगद, सुनचाँदीको गरगहना निकाल भन्दै लुटपाट गरेको महतोले बताएका छन् ।

प्रतिकार गर्न खोज्दा ज्यान लिने भन्दै पेस्तोल ताकेर मोबाइल फोन, श्रीमतीको मङ्गलसूत्र लुटपाट गर्दै घरमा रहेको दराज, पेटी फुटाएर नगद, गरगहना डकैती गरेको उनको भनाई छ । डाँका समूहले घरबाट नगद ५० हजार, डेढ तोला सुन, ३० तोला चाँदी र ३ सेट मोबाइल फोन लुटेर लगेको महतोले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्