भूकम्प पीडितका टहरामा निःशुल्क बिजुली



निःशुल्क बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरू बसेका अस्थायी टेन्ट र टहराहरूमा निःशुल्क बत्ती जडान गरेको छ । प्राधिकरणले भूकम्प पीडितहरू बसेका टेन्टमा एउटा बल्ब र अन्य खुल्ला तथा सार्वजनिक ठाउँमा बढी उज्यालो दिने ठुला बल्प (भ्यापर लाइट) जडान गरेको हो ।

भूकम्पपीडितहरू बसिरहेका सबै टेण्डमा ४ सयभन्दा बढी बल्ब र खुल्ला ठाउँहरूमा करिब ५० वटा भ्यापर लाइट जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।

भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरूको मर्मत सम्भार गरी तत्कालै त्यस क्षेत्रमा विद्युत् सुचारु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्