३९ करोडले घट्यो टेलिकमको कूल आय



नेपाल टेलिकम

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको कूल आम्दानी ३९ करोड रुपैयाँले घटेको छ । टेलिकमको प्रथम त्रैमासको वित्तीय रिपोर्टअनुसार गत वर्षको यही अवधिको तुलनामा टेलिकमको कूल आय ३।५४ प्रतिशते घटेको हो ।

कम्पनीले गत आर्थिक वर्षको असोज महिनासम्मको अवधिमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा १० करोड ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँमा सीमित छ । यस्तै, चालू वर्षको पहिलो त्रैमासमा सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार रुपैयाँ कम हो । यसै गरी, नेपाल टेलिकमले चालू वर्षको पहिलो त्रैमासमा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँको तुलनामा १९ करोड ८० लाख ७४ हजार कम हो । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५।०५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्