दीपेन्द्र, विनोद र सन्दीपलाई सुदूरपश्चिम सरकारले ५/५ लाख दिने



nepali cricket

काठमाडौँ । सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले ५/५ लाख पुरस्कार दिने भएको छ ।  मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीपजोरालाई प्रदेश सरकारले पाँच पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीन जना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन् ।

ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने छ ।  प्रदेश सरकारले यसअघि पनि यहाँबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान र सम्मान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्