कपडा किन्दा नक्कली नोट दिने दुई जना पक्राउ



arrested

काठमाडौँ । नक्कली नोटसहित पर्साको वीर गन्जबाट २ जनालाई पक्राउ गरिएको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका–३ का उमेश कुमारलाई पक्राउ गरेको हो ।

वीरगन्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो । आरोपीहरूको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला समेत बरामद गरिएको छ । प्रहरीले दुवै जनामाथि अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्