
काठमाडौँ । भारत र अस्ट्रेलियाले उत्कृष्ट खेल प्रदर्शन गर्दै एकदिवसीय विश्वकप–२०२३ को फाइनलमा प्रवेश गरेका छन् । यी दुई टोली आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आमनेसामने हुनेछन् । भारतीय टोली तेस्रो पटक विश्व च्याम्पियन बन्ने सपना देखिरहेको छ भने अस्ट्रेलियाली टोली छैटौँ पटक यो उपाधि उचाल्न चाहन्छ । उपाधि जित्नका लागि दुवै टोलीले आ९आफ्नो सबै बल दिने भएकाले यो उपाधि खेलमा रोमाञ्चकको कमी रहने छैन । यहाँसम्म पुग्न दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्य टोलीलाई पराजित गर्दै यहाँसम्म पुगेका हुन् ।
यसअघि अस्ट्रेलियाको टोलीले यो उपाधि पाँच पटक १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो । भारतले पहिलो पटक सन् १९८३ मा यो ट्रली उचालेको थियो र त्यसपछि २८ वर्षपछि महेन्द्र सिंह धोनीको कप्तानीमा टीम इन्डिया दोस्रो पटक विश्व च्याम्पियन बनेको थियो ।