
काठमाडौँ । गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । मन्त्रालयले कार्य सम्पादन बनाउन गर्नुपर्ने उपाय तथा कार्य योजना तयार गर्न समिति गठन गरेको हो ।
समितिमा पूर्वसहित शरदचन्द्र पौड्याल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खङ्ग केसी छन् । यसै गरी पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा। विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि अध्ययन समितिमा छन् । सदस्य सचिवको जिम्मेवारी नीति योजना महाशाखा सहसचिवलाई दिइएको छ ।
आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरू सबैले स्वयंसेवकको रूपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए ।