
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नं। २७ मेघौलीको एक सामुदायिक वनमा पोथी बाघ मृत फेला परेको छ ।
हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको हो ।
शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको बाघ जुधेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ ।