युवा सङ्घले ७ गतेको कार्यक्रम तीनकुनेमा गर्ने



युवा संघ

काठमाडौँ । नेकपा एमालेको युवा तथा विद्यार्थी सङ्गठनले ७ मङ्सिरमा आयोजना गरेको प्रदर्शन कार्यक्रम काठमाडौँको तीनकुनेमा गर्ने भएको छ ।  एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सूचना जारी गरी सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेकाले तीनकुनेमा प्रदर्शन गर्ने जानकारी गराएका छन् ।

यसअघि युवा सङ्घ र अनेरास्ववियुले ७ मङ्सिरमा युवा विद्यार्थी विशेष कार्यक्रम ७ मङ्सिरमा माइतीघरमा आयोजना गरेको थियो । तर त्यसै दिन दुर्गा प्रसाईँले पनि माइतीघरमै प्रदर्शन आयोजना गरेकाले जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको कारण देखाउँदै माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस्