
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले यू-१९ विश्वकप क्रिकेट श्रीलङ्काको सट्टा दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको आईसीसीले जनाएको छ ।
श्रीलङ्काको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले श्रीलङ्का क्रिकेटलाई निलम्बन गरेको छ । त्यसैले जनवरीमा श्रीलङ्कामा हुने भनिएको विश्वकप दक्षिण अफ्रिका सार्नु परेको हो ।
यू-१९ विश्वकप क्रिकेटमा नेपाल पनि छनोट भएको छ । जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने भनिएको प्रतियोगिता दक्षिण अफ्रिकामा त्यही मिति आसपासमा आयोजना हुने छ ।