
काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मङ्गलवार घरेलु मैदानमै नेपाल यमनसँग २९० ले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल९दाहीले दोस्रो हाफमा गोल गरे ।
ओमारले ७२ औँ मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । उनले नेपाली लेफ्ट ब्याक आशिष चौधरी उपचारका क्रममा मैदान बाहिर रहँदा गोल गरेका थिए । यस्तै मोहम्मद अब्दुल्लाह अल९दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे ।
दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अङ्क जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २९० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४९० ले पराजित भएको थियो । दुई खेलपछि नेपाल समूह एचमा अङ्कविहीन छ ।