बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबिच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

मङ्गलवार साँझ देउवा र ओली बालुवाटार पुगेका हुन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन यी तीन नेताहरूबिच भेटवार्ता भएको हो ।

शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरूबिच छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्