एनएसएल : आज टिम झापा एफसी र स्पोर्टिङ इलाम प्रतिस्पर्धा गर्दै 



काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज सोमबारको खेलमा टिम झापा एफसी र स्पोर्टिङ इलाम प्रतिस्पर्धा हुने भएको छ । यी दुई वटै टोली यसैपल्ट डेब्यु गरिरहेका हुन् । खेल साँझ साढे पाँच बजे दशरथ रङ्गशालामा हुने छ ।

प्रतियोगितामा सहभागिता जनाउने झापा एफसी दसौँ टिम हुनेछ । इलामले पनि यसै प्रतियोगिताबाट खेल्न सुरु गरेको हो । इलामले उद्घाटन खेलमा काठमाडौँको सामना गरिसकेको छ ।यो खेलसँगै यसपल्टको प्रतियोगिता सहभागी सबैले कम्तीमा एक खेल खेल्नेछन् । त्यस स्थितिमा पहिलो चरणको खेल सकिनेछ । इलामको भने यो दोस्रो खेल हुनेछ ।

यो खेल भौगोलिक रूपमा छिमेकी र एक आपसमा जोडिकाएका दुई जिल्ला झापा र इलामका टिमको खेल हुनेछ । त्यसैले यो ‘कोशी डर्बी’का रूपमा रहनेछ । एनएसएलले यसलाई ‘इष्टर्न डर्बी’ भनेको छ ।

इलाम आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्सको हातबाट १९० ले पराजित भएको थियो । त्यसमा राजीव लोप्चानले एक मात्र गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्