गाडी कब्जा गर्ने शेख मुनिर पक्राउ



मुनिर पक्राउ

काठमाडौँ । गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद प्रहरीले पक्राउ गरेको छ । आपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको हो । आपराधिक पृष्ठभूमि भएका मुनिरविरुद्ध प्रहरीमा ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर,  असभ्यव्यवहार लगायतका मुद्दा पर्ने गरे पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रण बाहिरै थिए । आइतबार पक्राउ परेपछि पीडितहरूबाट किटानी जाहेरी माग गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्