धनुषाको आश्रममा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह



काठमाडौँ । धनुषाको मिथिला नगरपालिका-२ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक आदर्श तथा अन्तरजातीय विवाह गरिएको छ ।  शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह गराइएको हो।

असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको हो । विवाह सम्पन्न हुने चार जोडी नेपालका र ९ जोडी भारतका छन् । असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ । यो विवाह पूर्णतः आदर्श एवं दाइजोमुक्त हुन्छन् ।

आइतबारदेखि चलिरहेको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरीब दासज महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्