दुर्गा प्रसाईँका स्वकीय सचिव पक्राउ



स्वकीय सचिव पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । प्रसाईँका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जनाकारी गराएका हुन् । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्