इजरेल-हमासको युद्ध विराम दुई दिन थपियो



hamass_war

काठमाडौँ । इजरेल र हमाजबीचको अस्थायी युद्ध विरामको समय दुई दिन थपिएको छ । गत शुक्रवारदेखि लागू भएको चार दिने युद्ध विरामको समय सोमवार सकिएको थियो । पहिलो चरणको समय सकिएसँग अस्थायी युद्ध विराम दुई दिन थपिएको हो ।

हमास र इजरेलबिचको युद्ध विराम अन्तर्गत लगातार चौथो रात पनि इजरेली बन्धकहरू र प्यालेस्टिनी कैदीहरू साटासाट गरिएको छ। स्थानीय समय अनुसार सोमवार मध्यरातमा इजरेल जेलबाट थप ३३ जना प्यालेस्टिनीहरूलाई रिहा गरिएको थियो।

त्यसअघि हमासले फ्रान्स, जर्मनी तथा आर्जेन्टिनाका दोहोरो नागरिकता भएकासमेत थप ११ जना इजरेली बन्धकहरूलाई मुक्त गरेको थियो। हमासले मुक्त गरेका इजरेलीको सङ्ख्या ५० भन्दा बढी भएको सोमवार राति इजरेलले जनाएको छ। इजराइलले मुक्त गरेका प्यालेस्टिनी कैदी बन्दीहरूमा थप ३० जना बालबालिका र तीन जना महिलाहरू रहेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्