इमरान खानको पार्टीको नयाँ अध्यक्ष बने ब्यारिस्टर खान



ब्यारिस्टर खान

इस्लामाबाद । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीको नयाँ अध्यक्षमा ब्यारिस्टर गौहर अली खान निर्विरोध निर्वाचित भएका छन् । उनलाई जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पार्टीका पूर्व अध्यक्ष इमरान खानले मनोनयन गरेका थिए । हाल इमरान खान रावलपिंडीको अदियाला जेलमा छन् ।

अध्यक्षमा निर्वाचित भएपछि गौहर अली खानले भने, ‘म पदमा रहेसम्म इमरान खानको प्रतिनिधित्व गर्नेछु ।’ उनले इमरान खान आजीवन पीटीआईको अध्यक्ष थिए, छन् र रहने बताएका छन् ।

गौहरले अध्यक्ष पद आफूसँग नासोको रूपमा रहेको र इमरान खान जेलबाट बाहिर आउने बित्तिकै आफूले हस्तान्तरण गर्ने बताए । इमरान खान लामो समयदेखि जेलमा रहेकाले यसअघि निर्वाचन आयोगले पार्टीलाई अध्यक्ष पदका लागि निर्वाचन गराउन २० दिनको समय दिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्