भोलि सार्वजनिक बिदा



जनकपुरधाम:  प्रदेश नम्वर २ मा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मोहम्मद दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । दिवसका अवसरमा प्रदेश २ का आठवटै जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

नेपालसहित विश्वभरका मुस्लिम धर्मालम्वीले भोलि इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाउँदैछन् । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ ।

उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । मुसलमान समुदायले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिन केन्द्र सरकारसँग पनि माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्