विमानस्थलबाट १४ किलो सुनसहित दुई पक्राउ



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । फलाई दुबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिएका हुन् ।

सुन ल्याउन लगाउने मिन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

गोरखाका घले सुन बोक्न प्रयोग भएका भरिया मात्र रहेको पाइएको हो ।  प्रहरीका अनुसार, घले गए राति ११ः५६ बजे फलाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौँ अवतरण गरेका थिए । विशेष सूचनाको आधारमा भन्सारको टोलीले उनलाई अवतरण गर्ने बित्तिकै पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भन्सार कार्यालयले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्