एसीसी यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल



काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रवारको खेलमा नेपाली टोली पाकिस्तानसँग सात विकेटले पराजित भएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एकसय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्