ठगी गरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ



काठमाडौँ । कास्कीबाट ठगी गरेको आरोपमा वडा सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं। ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।

फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरूले उनीहरुविरुद्ध उजुरी दिएका थिए ।उनीहरूलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्