विवाह पञ्चमीमा यस्तो गर्नाले सुखी दाम्पत्य जीवन बन्छ 



विवाह पञ्चमी

काठमाडौँ । हिन्दु धर्ममा विवाह पञ्चमीको दिन भगवान् श्रीराम र माता सीताको विवाह जयन्तीका रूपमा मनाइन्छ। यस वर्ष विवाह पञ्चमी पौष १ मा मनाइनेछ। यस दिन भगवान् श्रीराम र माता सीताको पूजा गर्नाले दाम्पत्य जीवनमा सुख प्राप्त हुने जनविश्वास रहेको छ । आजको दिन पति पत्नीले सँगै बसेर श्रीराम र सीता माताको पूजा गर्नुहोला, यसो गर्दा जीवनका सबै सङ्कट हट्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पक्षको पञ्चमीका दिन विवाह पञ्चमी पर्व मनाइन्छ । यस दिन भगवान् श्रीरामले माता सीतासँग विवाह गरेका थिए । श्रीराम र माता सीताको विवाह हल नेपालको जनकनगरमा देख्न सकिन्छ। यस दिन केही उपाय गर्नाले वैवाहिक जीवनमा आउने बाधा हट्नुका साथै दाम्पत्य जीवन पनि लामो हुने जनविश्वास रहेको छ ।

यो दिन भगवान् श्रीरामका भक्तहरूका लागि धेरै विशेष छ तर यस दिन विवाह निषेध गरिएको छ। विवाह पञ्चमीको दिन विवाह गर्नु वा कुनै शुभ कार्य गर्नु अशुभ मानिन्छ तर यस दिन शास्त्रले बताएको केही उपाय गर्नाले दाम्पत्य जीवनमा आउने समस्याहरू हट्छन् । विवाह पञ्चमीका दिन भगवान् राम र सीता माताको पूजा–आराधना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्