भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास पूर्ण भएन : प्रधानमन्त्री दाहाल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास पूर्ण नभएका बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।

भ्रष्टाचारका कारण पहिचान गरेर त्यसको अन्त्यका लागि राज्यका सबै संयन्त्रहरूले काम गर्नुपर्नेमा उनको जोड छ । वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उनले बताए । भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा निवारण गर्ने कार्यमा सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्