रौतहटमा बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसान र गोरुको मृत्यु



काठमाडौँ । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका कृषकको ज्यान गएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।

जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान ११स्४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुँडेर खसेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्