काठमाडौँबाट कञ्चनपुरका लागि छुटेको बस बर्दियामा दुर्घटना



accident

काठमाडौँ । काठमाडौँबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बस बर्दियामा दुर्घटना परेको छ । शनिवार बिहान बारबर्दिया नगरपालिका–९ मा ना ६ ख ७४४२ नम्बरको महाकाली यातायातको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बसमा २५ जना सवार रहेकोमा अन्यको भने अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्