‘सरकार लाचार भयो’- उपसभापति निधि



धनगढी: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार लाचार भएको टिप्पणी गरेका छन् । कैलालीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले सरकारसंग दुई तिहाई मत हुँदा पनि काम गर्न नसकेको आरोप लगाए ।

निधिले सरकारले अहिलेसम्म पुँजीगत खर्च गर्न नसकेको भन्दै ठुला योजना अलपत्र परेको बताए । उनले सरकारको गलत नियतका कारण प्रदेशहरु अधिकारबिहिन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्