
काठमाडौं: नेपालमा पहिलो पटक ह्याकर सम्मेलन हुने भएको छ । मंसिर २२ र २३ गते अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना गर्न लागिएको हो । विश्व प्रसिद्ध ‘ब्ल्याकट ह्याट र डीईएफ कोन’को समकालीन सम्मेलनका रुपमा आयोजना हुने कार्यक्रममा पब्लिक डोमेन र ठूला किसिमका फाइनान्सियल अट्याकजस्ता साइबर सुरक्षाको चुनौतीबारे छलफल हुनेछ ।
एसआईसीटी नेपाल र थ्रेट निक्सले आयोजना गरेको सम्मेलनमा क्यान महासङ्घ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर र एनपिक्सको सहकार्य हुनेछ । साइबर हमलाका तरिका आधुनिक बन्दै गइरहे पनि नेपालले सुरक्षाको लागि तयारी गर्न सकेको छैन ।
साइबर हमलामा संलग्न व्यक्तिका लागि नेपाल केन्द्रमा परिसकेको छ । पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याकजस्ता साइबर सुरक्षाको चुनौती नेपालले पनि भोग्नु परेको छ । सम्मेलनमा नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्थाबारे छलफल हुनेछ । सम्मेलनमा भारत, अमेरिका, रसिया, रोमानिया, जर्मनी, दुबईबाट विज्ञहरुको सहभागिता रहने बताइएको छ ।