प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्य रेग्मी मनाेनीत



सुर्खेत : मंगलबार बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्य रेग्मीलाई मनोनीत गरेको छ । प्रदेश सरकारले मंगलबार आयोगको उपाध्यक्ष र सदस्यहरु मनोनीत गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । 

 

जिम्मेवारी पाएका रेग्मीले यसअघि युवा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्ष र अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

यस्तै आयोगको सदस्यहरुमा डा. दीपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनीत गरिएको छ । राष्ट्रिय युवा नीति कार्यदल संयोजकको भूमिका निर्वाह गरेका शाही विश्व युवा परिषद्को उपाध्यक्षसमेत भइसकेका छन् ।

 

यस्तै सदस्यमा मनोनीत रोकाया ग्रामीण विकास र राजनीति र द्वन्द्व व्यवस्थापन विज्ञ हुन् । उनी लामो समय पत्रकारिता पेसमा सम्बद्ध थिए । 

 

६ सदस्यीय प्रदेश योजना आयोगको अध्यक्षमा मुख्यमन्त्री रहने प्रावधान छ । यस्तै प्रदेश सरकार प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्यसचिव रहने व्यवस्था छ । 

 

सरकारले तत्कालका लागि आदेशमार्फत आयोग गठन गर्ने बाटो खोलेको मन्त्री केसीले बताइन् । 

प्रतिक्रिया दिनुहोस्