म्यानचेस्टर सिटीको पुनरागमन जित



म्यानचेस्टर सिटी

काठमाडौँ । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार उत्कृष्ट पुनरागमनका साथ जित निकालेको छ। अन्तिम १७ मिनेटमा २ गोल गर्दै सिटीले न्युक्यासललाई ३-२ ले पराजित गर्यो।

खेलमा सिटीले अग्रता बनाएपनि पहिलो हाफमा २-१ ले पछाडि परेको थियो। केभिन डिब्रुएनले ७४ औं मिनेटमा बराबरी गोल गरेका थिए। ओस्कार बबले इन्ज्युरी समयमाको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई जित दिलाएका थिए।

खेलको २६ औं बर्नान्डो सिल्भाको गोलमा सिटीले अग्रता दिएका थिए। न्यूकासलका लागि ३५ औं मिनेटमा अलेक्जेन्डर इसाकले बराबरी गोल गरेका थिए। ३७ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै अग्रता लिएको थियो।

जितपछि २० खेलमा ४३ अंक सहित सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलभन्दा सिटीको २ अंक कम छ। २९ अंक सहित न्युक्यासल १०औं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्