उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै साम्पाङले भने : राजीनामा नदिए घिसारेर निकाल्छु



काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा।डा। प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाउँदै राजीनामा दिन भनेका छन् ।

सोमबार मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन्। ताला लगाएपछि उनले भनेका छन्, बिपी अस्पतालको भिसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् !’

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण सेवा प्रभावित भएको छ। हर्क साम्पाङ विभिन्न कार्यले गर्दा वेला वेलामा चर्चामा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्