सूर्य चम्कँदा आर्मीको ब्याटिङ कमजोर



काठमाडौँ ।  बायाँ हाते युवा स्पिनर सूर्य तामाङको उत्कृष्ट बलिङमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले २७.१ ओभरमा ९७ रन मात्रै जोडेको हो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए । पछिल्लो खेलमा मधेशलाई हराउन ह्याट्रिकसहित ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध पनि सानदार बलिङ गरे ।

सूर्यले ५ विकेट लिँदै सिनियर टोलीबाट खेलेका ८ खेलाडी सम्मिलित आर्मीलाई एक सय रन सीमित बनाए । आर्मीको टोलीमा सन्तोष कार्की, इमरान शेख र सन्दीप रजाली बाहेक अन्य ८ खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।

मुलपानीको स्पिनर सहयोगी मैदानमा आर्मी कुनै पनि समय खुल्न सकेन । तीव्र गतिका बलर प्रतिश जि।सीले इमरान शेखलाई ५ रनमा क्याच र सन्तोष कार्कीलाई रिजन ढकालले ९ रनमा बोल्ड गरे । त्यसपछि सूर्यले आर्मीको मध्य क्रम ध्वस्त पारेका थिए । आर्मीले सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो ।

सोमपाल रिजन ढकालको बलमा शून्यमा प्रतिशबाट क्याच आउट भए । सूर्यले कुशल मल्ललाई शून्य, बसिर अहमदलाई ५ र साहब आलमलाई ७ रनमा बोल्ड आउट गरे । त्यस्तै भीम सार्कीलाई १८ र सन्दीप रजालीलाई एक रनमा क्याच गराउँदै सूर्यले बागमतीलाई खेलमा हाबी बनाएका थिए । विवेक यादव ११ रनमा नट आउट रहे ।

बागमतीका सूर्य तामाङले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । प्रतिश जि।सीले ५।१ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । रिजन ढकालले ५ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । कृर्जन गुरुङको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्