सदन खुलेपछि टीआरसी सहमतिबाटै टुङ्ग्याइने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बताएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने बताएका हुन् ।

उनले भने, ‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ ।’ उनले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्