न्यायाधीश भट्टराईले दिए राजीनामा



काठमाडौँ । जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषदबाट उनी लगायत अरू दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले राजीनामा दिएका हुन् ।  उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् ।

उनले गत शुक्रवार राजीनामा दिएको पाइएको हो । जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्