बलिउड अभिनेत्री शिल्पा सेट्टीमाथि नश्लभेदी व्यवहार



एजेन्सी : बलिउडका कलाकार बिदा मनाउन प्रायः देशबाहिर निस्किने गर्छन् । सुटिङको सिलसिलामा पनि उनीहरू देशबाहिर गइरहन्छन् । 

 

तर, यात्राका दौरान उनीहरू नश्लभेद तथा रंगभेदको सिकार हुने गर्छन् । केही दिनपहिले अभिनेत्री ऋचा चड्डा जर्जियामा नश्लभेदको सिकार भएकी थिइन् । यस सूचीमा अर्को नाम थपिएको छ ।

 

केही दिनअघि बलिउड अभिनेत्री शिल्पा शेट्टी अस्ट्रेलियाको मेलबर्नदेखि सिड्नीसम्मको यात्रा गरिरहेकी थिइन् । सोही दौरान एअरपोर्टमा एक स्टाफले उनीमाथि नश्लभेदी व्यवहार गरे । यस कुराको जानकारी शिल्पाले सामाजिक सञ्जालमा दिएकी छिन् । उनले इन्स्टाग्राममा पूरा घटनाबारे लेखेकी छन् । एयरलाइन्स कम्पनीलाई पनि स्टाफको गलत व्यवहारबारे जानकारी गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्