संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस



काठमाडौँ । सरकारले माघ २२ गते सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपराह्न ४ बजे सङ्घीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले जापान सरकारबाट कोटेश्वर क्षेत्रको सडक पूर्वाधार निर्माण कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड) बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको उनले बताए ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियमन १६ को उपनियम १० को खण्ड (क) बमोजिम डा.असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्