केही अन्त्य चुनावबाट गरेपछि मात्रै देश बन्छ : रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरे मात्रै देश बन्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले खेलेका छन्, ‘संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसद्ले सर्वदलीय प्रतिबद्धता गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ । त्यसपछि मिडियारसोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौँ, तलबी सेना अफ बिटमा ननचाऔँ । फेस गरौँ, फेस नलुकाऔँ ।’

उनले व्यवस्थाका केही हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ देश बन्ने बताएका छन्। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्