नेपालको उत्कृष्ट सुरुवात



काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ ।

तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुवै ब्याटर शून्यमा आउट भए ।  बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ९ ओभरको खेलमा ३४ रन बनाउँदै ४ विकेटको क्षतिमा खेली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्