काठमाडौँमा यस वर्षकै बढी जाडो



काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।

यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत बिहीबार र शुक्रवार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्