इरानको जित, एसियन कपको क्वाटरफाइनल समीकरण पूरा



काठमाडौँ । इरानले पेनाल्टी सुटआउटमा सिरियालाई हराएसँगै कतारमा जारी एसियन कपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधवार राति अन्तिम प्रि क्वाटरफाइनलमा इरानले सिरिया माथि टाइब्रेकरमा ५-३ को जित निकालेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को र अतिरिक्त समयमा पनि सोही स्कोर रहेपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा सिरियाका फहाद युसेफको पेनाल्टी इरान गोलरक्षक अलिरेजाले बचाएका थिए ।

निर्धारित समयमा ३४औँ मिनेटमा मेहदी तरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । सिरियाका ओमार ख्रिविनले ६४औँ मिनेटमा पेनाल्टीमा नै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

इरानले अब सेमिफाइनल प्रवेशका लागि जापान विरुद्ध खेल्ने छ । अन्य क्वाटरफाइनल खेलहरुमा कतारले उज्वेकिस्तान , ताजिकिस्तानले जोर्डन र साउदी अरेबियाले दक्षिण कोरियाको सामना गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्