अवैध लागू औषध खैरो हेरोइनसहित धरानबाट दुई जना पक्राउ



खैरो हेरोइन

काठमाडौँ । धरान उपमहानगरपालिका-७ शुक्रपथस्थित तिनजुरे होटलबाट अवैध लागू औषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । खैरो हेरोइन करिब ८ ग्राम ९४ मिलिग्राम र नगद १६ हजार रुपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ बगरकोट घर भएकी तिनजुरेहोटलकी संचालक ४० वर्षीया कविता भुजेल र सोही होटलमा बस्ने तेह्रथुम म्याङलुङ नगरपालिका-७ जिरिखिम्ति घर भएका ३७ वर्षीय मौसम खड्का रहेका छन् । प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्