शान्तिवाटिकामा धर्नामा बसेकालाई हटाइयो



काठमाडौँ । काठमाडौँको शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई काठमाडौँ महानगरीय प्रहरीले हटाएको छ । आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरूलाई लछारपछार गर्दै हटाएको हो । शान्तिवाटिकामा मिटर ब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

शान्तिवाटिमा करिब २५ जना बसिरहेका थिए । आज बिहान करिब साढे ८ बजेतिर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीहरू आएर सामान फालिदियो उनीहरूको गुनासो रहेको छ । पकाएको भात पनि खान नदिएको र दुर्व्यवहार पनि गरेको उनीहरूको भनाइ रहेको छ । उनीहरूलाई हटाउने क्रममा ठुलो सङ्ख्यामा प्रहरीहरू पनि परिचालन गरिएको थियो ।

यसअघि माइतीघरमा धर्नामा बसेकाहरूलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरूका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटर ब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्