पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्दै



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्ने भएका छन् ।

रुपन्देहीस्थित तिलोत्तोमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पूर्व कप्तान खड्काले खेल्न लागेका हुन् । उद्घाटनका लागि ४ टोलीबीच टि१० प्रतियोगिता हुने कार्यक्रम रहेको छ । उद्घाटन फाल्गुन १४ गते एक्स्ट्राटेक मैदानमा नै हुनेछ ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् । पूर्व कप्तान खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् । त्यस्तै अन्य खेलाडीको नामावली चाडै सार्वजनिक हुनेछ । १९९६ को कप्तानमा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापा कप्तान रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्