कैदीलाई कम्बल वितरण



धनगढी : जिल्ला कारागार शाखा कैलालीमा रहेका कैदीलाई रेडक्रस जिल्ला शाखाले मंगलबार कम्बल वितरण गरेको छ ।

 

धनगढी उपमहानगरपालिको समन्वयमा उपमहानगर प्रमुख नृपबहादुर वडले मानवीय धर्मअन्तर्गत कैदीहरुलाई कम्बल वितरण गरिएको बताए । नगरप्रमुख वड र रेडक्रस जिल्ला शाखा कैलाली सभापति उत्तम जोशीले संयुक्त रुपमा कैदीलाई कम्बल वितरण गरेका थिए । नगरप्रमुख वडले कारागारलाई सुधारगृहको रूपमा विकास गर्नुपर्ने बताए ।

 

रेडक्रस शाखा कैलाली सभापति जोशी अनुसार चार सय १० कैदीलाई कम्बल वितरण गरिएको छ । जिल्ला कारागार शाखा कैलालीकाप्रमुख महेन्द्र खड्काले कम्बलले कैदीहरुलाई ठूलो राहत मिल्ने बताए । 

 

१ सय २५ जना क्षमता रहेको कारागारमा ४ सय ७ जना कैदी राखिएका छन् । जसमा २८ जना महिला र २ जना बालबालिका पनि छन् । 

 

प्रतिक्रिया दिनुहोस्