अनिलको लगातार दोस्रो अर्धशतक



निल साह

काठमाडौँ । अनिल साहले राष्ट्रिय क्रिकेट टिममा लगातार दोस्रो अर्धशतक पुरा गरेका छन् ।  २०२२ पछि नेपालको जर्सीमा फर्किएका अनिल लगातार दोस्रो खेलमा अर्ध शतक पूरा गरेका हुन् ।

तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् । अनिलले दोस्रो ओभरमा तीव्र गतिका बलर उदय भागवानलाई लगातार चार चौका हानेर धमाकेदार सुरुवात गरेका थिए ।

उनको अर्धशतक मद्दतमा नेपालले १५ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ८३ रन बनाएको छ । यसअघि दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए । एक समय अनिल १३ बलमा ४३ रनमा पुगेको भए पनि अर्धशतक भने १९ बलमा पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्